(क ) नारी बिशेष बचत : महिला सदस्यहरुले न्युनतम माैज्दात रु. ९,००० नारी बचत खाता खोलि इच्छा अनुसार रकम जम्मा गर्न सक्नेछन् । यस खातामा ६% व्याज प्रदान गरिनेछ ।
(ख ) नारी क्रमिक बिशेष बचत : महिला सदस्यहरुले न्युनतम रु ५०० मा महिला क्रमिक वचत खाता संचालन गर्न सक्नेछन् । यो खाता कम्तिमा १ देखि ३ वर्ष अबधिको हुनेछ । यसमा महिला सदस्यहरुले कवुल गरेको रकम दैनिक,साप्ताहिक र मासिक रुपमा जम्मा गर्नु पर्दछ । यस खातामा बार्षिक ८.५% देखि १०.५% सम्म व्याज प्रदान गरिनेछ । अवधि समाप्त हुनु अगावै यस खाताबाट रकम निकाल्न पाईने छैन ।